हिमाल ग्यासलाई कालोबजारी मुद्दा

मधुसुदन गुरागाईं, बनेपा, फागुन ११- उद्योगबाटै महँगो मूल्यमा ग्यास बेचेर कालोबजारी गरेको अभियोगमा काभ्रे भैंसेपाटीस्थित हिमाल ग्यासको उत्पादक गौरीशंकर ग्यास उद्योगलाई सरकारले मुद्दा चलाउने भएको छ।  ‘वितरक र डिलरमार्फत बिक्री नगरी विभिन्न काल्पनिक नाम राखेर उद्योगबाटै ग्यास बेचेर उपभोक्तालाई ठगेको देखियो,’ बुधबार काभ्रेका ग्यास उद्योगको आकस्मिक निरीक्षणमा आएका वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने।

 

 

१५ दिनदेखि हिमाल ग्यास पाइएन भनेर उपत्यकाका उपभोक्ताले गुनासो गरेकाले अनुगमनमा आएको मन्त्रीले बताए। उद्योगले नक्कली बिल काटेर दैनिक ६ सय सिलिन्डरसम्म बिक्री गरेको भेटिएको थियो। उद्योगले उपभोक्तासँग प्रत्येक सिलिन्डरमा ७० रुपैयाँ बढी लिएर बिक्री गर्दै आएको पाइएको छ। इलाका प्रहरी कार्यालय बनेपाले उद्योगका फ्याक्ट्री म्यानेजर डेकराज भट्टराईलाई बुधबार नियन्त्रणमा लिएको छ।

उद्योगले नै कालोबजारी गरेकाले जिल्ला प्रशासन काभ्रेले हेर्ने गरी कालोबजारी मुद्दा चलाउन लागिएको मन्त्री भट्टले जानकारी दिए। भट्टले निरीक्षणमा सँगै रहेका वाणिज्य सचिव लालमणि जोशी र आयल निगमका कामु महाप्रबन्धक सुरेशकुमार अग्रवाललाई गौरीशंकर ग्यास उद्योगलाई पिडिओ (प्रोडक्ट डेलिभरी अर्डर) रोक्का गर्नसमेत आदेश दिएका छन्।

अनियमितता भेटिएपछि अनुमगन टोलीले हिमाल ग्यासको उत्पादक गौरीशंकर ग्यास उद्योगमा सिलबन्दी गरेको छ। उद्योगका फ्याक्ट्री म्यानेजर डेकराज भट्टराईले आफूले प्रधानमन्त्रीका स्वकीय सचिव र स्थानीय प्रशासनलाई उद्योगबाटै ग्यास बेच्ने गरेको जानकारी गराएको दाबी गरेका छन्।

गौरीशंकर ग्यासले कारखानाबाटै हिमाल ग्यास बेचेको भनेर ‘हेलो सरकार’मा आएका उजुरीलाई प्रधानमन्त्री कार्यालयमार्फत पाएपछि प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्यालले मंगलबारमात्रै सहायक प्रजिअ महेश भट्टराईलाई उद्योगको अनुगमनमा पठाएका थिए। बिहीबारै उद्योगविरुद्ध कारबाही चलाउने जानकारी प्रजिअ बस्यालले दिए।

प्रशासनले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारबाही अघि बढाउने भएको हो। अनुगमनको क्रममा उक्त उद्योगको सुरक्षा अवस्था नाजुक रहेको, रिफिलिङमा कार्यरत मजदुरहरु असुरक्षित रुपमा काम गरिरहेको, १५ वर्षभन्दा पुरानो प्रणालीबाट ग्यास रिफिलिङ गरिरहेको पनि भेटिएको थियो। हरेक सिलिन्डरमा २ सय ग्राम ग्यास कम भेटिएको पनि आयल निगमका महाप्रबन्धक सुरेशकुमार अग्रवालले जानकारी दिए।

बुधबार नै अनुगमन टोलीले काभ्रेका सूर्य र सगरमाथा ग्यास उद्योगमा समेत निरीक्षण गरेको छ। सगरमाथा ग्यासले दुई बुलेट ग्यास हुँदाहुँदै समेत बुधबार उद्योग बन्द गरेकोमा मन्त्री भट्टले आपत्ति जनाए। यस दिन उद्योगमा ३६ टन ग्यास मौज्दात थियो। चार घन्टामा एउटा बुलेट खाली हुन्छ। ‘ग्यास भएर पनि रिफिलिङ नगरी उद्योग बन्द गर्नु नाजायज हो। यो उपभोक्तालाई मार पार्ने काम हो,’ मन्त्रीले भने, ‘बिहीबार सगर ग्यास बजारमा गए नगएको अनुगमन गर्न स्थानीय प्रशासनलाई अह्राएको छु।’


प्रतिक्रियाहरू (0)Add Comment

 




Smile


Wink


Laugh


Grin


Angry


Sad


Shocked


Cool


Tongue


Kiss


Cry

संकुचित | विस्तृत
 







busy

Article source: http://www.nagariknews.com/economy/industries/37148-2012-02-22-14-57-02.html

पूर्वाञ्चल र सुदूरपश्चिम बन्दले जनजीवन प्रभावित

विराटनगर, फागुन ११- खसक्षेत्री एकता समाजले खसक्षेत्रीलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गर्दै आज आह्वान गरेको बन्दले जनजीवन प्रभावित भएको छ। सरकारले माग पूरा नगरेको भन्दै समाजका कार्यकर्ताले शिक्षण संस्था, कलकारखाना, वित्तीय संस्था, बजार तथा यातायात सञ्चालनमा रोक लगाएका छन्।

 

विराटनगर बजारका विभिन्न चोक तथा सडकमा समाजका झन्डा, ब्यानर तथा लाठीसहित उपस्थित कार्यकर्ताले बजार बन्द गराउँदै हिँडेका छन्। समाजले बुधबार साँझ मसाल जुलुस पनि गरेको थियो।

भद्रपुर- खसक्षेत्रीलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने, समयमा संविधान बनाउनुपर्ने लगायतका माग राखी आह्वान गरिएको पूर्वाञ्चल बन्दले मेची अञ्चलमा असर परेको छ।

बन्दका कारणले मुख्य राजमार्गका साथै सहायक मार्गमा सवारी साधन गुडेका छैनन् भने विद्यालयसमेत बन्द छन्।

अमरगढी(डडेल्धुरा)-अखण्ड सुदूरपश्चिम राज्यको माग राख्दै सुदूरपश्चिमाञ्चल जागरण मञ्चले आह्वान गरेको सुदूरपश्चिम बन्दका कारण आज बिहानैदेखि सुदूरपश्चिमको जनजीवन ठप्प छ।

सुदूरपश्चिममा यातायात, बजार, कलकारखाना र शैक्षिक संस्था बिहानैदेखि बन्द छन्।

लामो समयदेखि अखण्ड सुदूरपश्चिमको माग राख्दै आन्दोलनमा रहेको मञ्चले सुदूरपश्चिमलाई टुक्राउने प्रयत्न भइरहेको छ भन्दै सुदूरपश्चिमका नौवटै जिल्लाको एक सङ्घीय राज्यको माग राख्दै आएको छ। आन्दोलनका कार्यक्रमअन्तर्गत मञ्चले मङ्गलबार र बुधबार सुदूरपश्चिम जागरण अभियान सम्पन्न गरेको थियो भने आज सुदूरपश्चिम बन्दको आह्वान गरेको हो।

राज्य पुनःसंरचना सुझाव आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन नगर्न समेत दबाब दिँदै आएको मञ्चले आजको आन्दोलनपछि पनि आफ्नो मागको सुनुवाइ नभए यही फागुन १६ देखि २२ गतेसम्म संविधानसभा घेराउ र २२ गतेदेखि आमरण अनसन गर्ने चेतावनी दिएको छ। रासस


प्रतिक्रियाहरू (0)Add Comment

 




Smile


Wink


Laugh


Grin


Angry


Sad


Shocked


Cool


Tongue


Kiss


Cry

संकुचित | विस्तृत
 







busy

Article source: http://www.nagariknews.com/society/nation/37161-2012-02-23-04-12-21.html

आजदेखि थप एक घण्टा लोडसेडिङ घट्यो (तालिकासहित)

काठमाडौँ, फागुन ११ (नागरिक)- नेपाल विद्युत प्राधिकरणले आज बिहीबारदेखि लागू हुने गरी दैनिक एक घण्टाले लोडसेडिङ घटाई नयाँ तालिका लागू गरेको छ। कुलेखानी जलासयमा पानीको सञ्चिति बढेको र चुहावट नियन्त्रण प्रभावकारी भएको भन्दै लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ।

 यसअघि प्राधिकरणले फागुन १ गते लोडसेडिङ तालिका सार्वजनिक गरेको थियो।

नयाँ तालिका लागू भए पनि सर्वसाधारणले लोडसेडिङ घटेको खासै अनुभव भने गर्न पाउने छैनन्। किनभने अधिकांश एकाबिहानैको समयमा लोडसेडिङ घटाइएको छ। साँझ र रातिको पिक आवरमा लोडसेडिङको समय यथावत छ। 

अहिले बिजुलीको माग दैनिक एक करोड ४० लाख युनिट छ। यसमध्ये प्राधिकरणका विद्युतगृह, देशभित्रकै निजी विद्युतगृह र भारतबाट ९५ लाख युनिट आपूर्ति भइरहेको छ। बाँकी बिजुली पुर्‍याउन नसकिएको हुँदा लोडसेडिङ भएको ‍‍प्राधिकरण बताउँछ। 

गत वर्षायाममा पानी परेकोले कुलेखानीको ईन्द्र सरोवरमा प्रशस्त पानी जम्मा भएको थियो। त्यही पानी प्रयोग गरेर कुलेखानीबाट मात्र १५ लाख युनिट बिजुली उत्पादन भइरहेको छ। भारतबाट दैनिक २७ लाख युनिट आयात भइरहेको छ।

नयाँ तालिका-


प्रतिक्रियाहरू (0)Add Comment

 




Smile


Wink


Laugh


Grin


Angry


Sad


Shocked


Cool


Tongue


Kiss


Cry

संकुचित | विस्तृत
 







busy

Article source: http://www.nagariknews.com/economy/hydro-power/37166-2012-02-23-04-26-51.html

6. CSS Expert

Upper Tamakoshi Hydropower Limited (UTKHPL)

Civil Engineer

Electrical Engineer

Mechanical Engineer

See More…

Article source: http://feedproxy.google.com/~r/RecentPostedJobs/~3/m9KKtnY8tdM/

5. Marketing Manager

[Newspaper Search]: meroJob.com everyday post the vacancy announced/published in various daily newspapers.
You can search the Newspaper Jobs as per your interest/preference Newspaper Search option.

[Advance Search ] : In Advance Search you can simplify you job search keeping the necessary Keywords in the available space.
Once you put the Keyword, Jobs matching your preference will appear from all the posted jobs. (Posted Jobs: TOP Jobs, HOT Jobs, Featured Jobs, Recent Jobs, Newspaper Jobs)

Example: Your preffered location can be Kathmandu, then all the job availabe at Kathmandu will appear after searching in Advance Search.

There are various nature of organisation such as Airlines, Advertising Agecny, NGO/INGO, Banks etc. you can see the available number of jobs as per the industry and apply as per your preference.

There are various category such as Accounting, Finance, Sales and Marketing etc. you can see the available number of jobs as per the category and apply as per your preference.

 

Article source: http://feedproxy.google.com/~r/RecentPostedJobs/~3/m9KKtnY8tdM/