बहुमत सदस्यको प्रतिवेदन मान्य : उपप्रधान मन्त्री गच्छदार
अजित तिवारी, विराटनगर, माघ १८- उपप्रधान एवम् गृह मन्त्री विजयकुमार गच्छदारले राज्य पुनर्संरचना आयोगका बहुमत सदस्यले पेश गरेको सङ्घीयताको खाका सरकारलाई मान्य हुनेखालको रहेको बताएका छन्। हिमाल, पहाड र मधेस–तराई सबैलाई स्वायत्त राज्य अनुभव गर्नेखालको प्रतिवेदन बहुमत सदस्यले तयार पारेको उनको भनाई छ।
अरनिको राजमार्ग बन्द गर्दै प्रदर्शन
ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु-
ध्रुव दंगाल, सिन्धुपाल्चोक, माघ १८ - बसको ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु भएको विषयलाई लिएर स्थानीय बासिन्दाले आज बिहानैदेखि अरनिको राजमार्ग ठप्प पारेका छन्। उचित क्षतिपूर्तिको माग गर्दै स्थानीय सडकमा ओर्लेपछि राजमार्गको बन्देउ-तातोपानी र लामोसाँघु-जिरी सडक खण्ड बन्द छ।

तरुण जिल्ला अध्यक्ष शिव पौडेलको हत्याको डेढ महिनापछि छानविन
चाँदनी हमाल, चितवन, माघ १८ - नेपाली कङ्ग्रेसङ्को युवा सङ्गठन तरुण दल चितवनका अध्यक्ष शिव पौडेलमाथि कारागारमा भएको आक्रमणको डेढ महिनापछि न्यायिक आयोगले छानविन थालेको छ। मंगलबार चितवन आइपुगेका आयोगका पदाधीकारीले कारागार भरतपुरबाट छानविन थालेका हुन्।

ग्यास कहिले पाइन्छ ?
विज्ञान अधिकारी, काठमाडौं, माघ १८ - ग्यास अभाव चर्किएको एक महिना बढी भइसकेको छ। अभावले सर्वसाधारणको भान्छामा खाना पकाउन समस्या परिसकेको छ। तर वाणिज्य मन्त्रालय र आयल निगमका उच्च अधिकारी अभाव हट्ने समय तोक्न सक्दैनन्।