कम्युनिष्टहरु अन्ततः राजतन्त्र स्वीकार्छन् : शेखर कोइराला
अयोग्य लडाकूद्वारा मध्यामञ्चल बन्द
माओवादीको विवादले शान्ति प्रक्रियामा चोट : सिटौला
विवाद मिलाउन पौडेलसँग छलफल-
चाँदनी हमाल, चितवन, पुस १६- नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले एकीकृत माओवादीको आन्तरिक विवादले शान्ति प्रक्रियामा चोट पुगेको बताएका छन्। माओवादी विवाद नभएको भए अहिलेसम्म सबै काम सकिन्थ्यो- उनले भने।
शनिबार चितवनको रत्ननगरमा सञ्चारकर्मीसित कुरा गर्दै सिटौलाले शान्ति र संविधान निर्माण कार्य समयमै सकिने दाबी गरे। उनी आफ्ना उपसभापति तथा संसदीय दलका नेता सामचन्द्र पौडेलकी आमा श्रषिमायाँ पौडेलको निधन भएकोमा तेह्रौं दिनको तिथिमा आयोजित कार्यक्रममा सहभागी हुन रत्ननगर गएका थिए।
पछिल्लो समयमा राजनीतिक दलहरुको सक्रियता राम्रै भएकाले समयमै संविधान जारी हुने विश्वास उनको थियो। सहमतीको विकल्प नभएको भन्दै सामूहिक प्रयासबाट मात्रै संविधान बन्न सक्ने दाबी उनले गरे। ‘कुनै हालतमा पनि संविधान बन्नैपर्छ, शान्ति प्रक्रिया टुंग्याउनै पर्छ, हामी त्यसमा कटिबद्ध छौं।’ अर्को एक फरक प्रसंगमा उनले चितवनको आफ्ना कार्यकर्ता शिव पौडेल हत्या प्रक्ररणमा आफूले आवश्यक जानकारी लिएको र केन्द्रमा थप समिक्षा गरेपछि सुझाव दिने बताए।
यसैबीच कांग्रेस तरुणदल चितवनका अध्यक्ष शिव पौडेलको हत्या प्रकरण र त्यसपछि उत्पन्न परिस्थितिका विषयमा पौडेल निकट जिल्ला कार्यकर्ताले उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलसँग गोप्य भेट गरे। पौडेलकी आमा ऋषिमायाँ पौडेलको श्रद्धाञ्जली सभामा पुगेका शिव पौडेल निकट कांग्रेस कार्यकर्ताले कार्यक्रम सकिए लगत्तै उनलाई भेटेका थिए। भेटमा कार्यकर्ताले शहिद घोषणा, मुद्दा फिर्ता र थुनामा रहेकाको रिहाईका लागि पहल गर्न आगह गरेका थिए। पार्टीले सरकार समक्ष राखेको मागको सम्बन्धमा कांग्रेस कटिबद्ध रहेको कार्यकर्तालाई बताए। छलफलमा सहभागी एक कांग्रेस कार्यकर्ताले दिएको जानकारीअनुसार पौडेललगायत थुनामा रहेका अन्यको मुद्दा फिर्ता र उनीहरुको रिहाईको विषयमा आफूहरुले सक्दो पहल गर्ने आश्वासन पौडेलले दिएका छन।
महामन्त्री कृष्ण सिटौलासँग पनि उनको छुट्टै भेटघाट भएको थियो। भेटमा उनले चितवन जिल्ला कांग्रेसमा जारी विवाद समाधानका विषयमा छलफल गरेका थिए। पौडेल हत्यापछि विवाद झन बढ्दै गएकाले समाधानको उपाय केन्द्रीय तहबाटै खोज्नुपर्ने सिटौलाले पौडेल समक्ष बताएका थिए। शुक्रबारमात्र तरुण दलको एक कार्यक्रममा कांग्रेस जिल्ला सभापति विकास कोइरालालाई सहभागी गराएको भन्दै तरुण कार्यकर्ता सिटौलाकै सामु आक्रोशित बनेका थिए। उनीहरुले कार्यक्रमै बहिस्कार गर्दै कार्यक्रम स्थलमा तोडफोडसमेत गरेका थिए। यसअघि पनि उनीहरुले विकास कोइरालाई सभापतिबाट हटाउन माग गर्दै विरोध जनाउँदै आएका थिए। कोइराला संस्थापन पक्ष हुन भने तरुण कार्यकर्ता देउवा निकट मानिन्छन्। जिल्लाको पार्टी विवाद समाधान गर्न सिटौला जिल्ला आएकै बेला गत मंसिर २० गते तरुण अध्यक्ष शिव पौडेलमाथि भरतपुर कारागारमा आक्रमण भएको थियो। पौडेललाई पक्राउ गर्न सभापति कोइरालाले सहयोग गरेको आरोप उनी निकटको छ।
पौडेल हत्याका सम्बन्धमा महामन्त्री सिटौला संयोजकत्वको छानबिन टोलीले चितवनमा आन्तरिक छानबिन जारी राखेको छ।
प्रतिक्रियाहरू (0)

Article source: http://www.nagariknews.com/politics/party-politics/34898-2011-12-31-13-01-23.html
हतियारको विस्तार नरोकिएकाले संविधान बनेन : ओली
काठमाडौं, पुस १६- नेकपा एमालेका नेता केपी शर्मा ओलीले पूर्व निर्धारित समयमा नयाँ संविधान बन्न नसक्नुमा हतियारको विस्तार नरोकिनु मुख्य कारण भएको बताएका छन्। उनले मुलुकमा दीगो शान्ति होला भन्ने आशाले जनताले माओवादीलाई ठूलो पार्टी बनाइए पनि उक्त अभिभारा पूरा नभएको उल्लेख गरे।
नेपाल अफ्रो-एसियाली जनएकता सङ्गठन (आप्सो)द्वारा शनिबार आयोजित ‘साना हतियार प्रसारणः चुनौतीहरू’ विषयक प्रवचन कार्यक्रममा बोल्दै नेता ओलीले माओवादीका सभासद् बालकृण ढुङ्गेलतर्फ सङ्केत गर्दै सर्वोच्च अदालतले किटानी अपराधीरुपमा चित्रित व्यक्तिहरु खुलेआम हामीलाई अर्ति उपदेश दिँदै हिँडिरहेको बताए।
उनले नयाँ वर्ष सन् २०१२ आतङ्क र त्रासको न्यूनीकरणको वर्ष रहन सकोस् भन्दै शान्तिका लागि हिंसाका पक्षधरलाई मन नपर्ने भए पनि शान्तिप्रेमीले आफ्नो शान्तिप्रतिको वकालत छोड्न नहुनेमा जोड दिए।
संविधानविद् डा भीमार्जुन आचार्यले पनि अदालतबाट अपराधी ठहर गरिएका सभासद्लाई स्वतः निलम्बन गर्नुपर्नेमा सभामुखले लाचारी प्रदर्शन गरेको टिप्पणी गरे। उनले आन्तरिक द्वन्द्वमा रमाउन चाहने र जातीयतालाई प्रश्रय दिने प्रवृत्तिका कारण नेपालमा वर्षौंसम्म नयाँ संविधान बन्न नसक्ने ठोकुवा गरे। रासस
प्रतिक्रियाहरू (0)

Article source: http://www.nagariknews.com/politics/party-politics/34899-2011-12-31-13-13-28.html
5. Store officer
[Newspaper Search]: meroJob.com everyday post the vacancy announced/published in various daily newspapers.
You can search the Newspaper Jobs as per your interest/preference Newspaper Search option.
[Advance Search ] : In Advance Search you can simplify you job search keeping the necessary Keywords in the available space.
Once you put the Keyword, Jobs matching your preference will appear from all the posted jobs. (Posted Jobs: TOP Jobs, HOT Jobs, Featured Jobs, Recent Jobs, Newspaper Jobs)
Example: Your preffered location can be Kathmandu, then all the job availabe at Kathmandu will appear after searching in Advance Search.
There are various nature of organisation such as Airlines, Advertising Agecny, NGO/INGO, Banks etc. you can see the available number of jobs as per the industry and apply as per your preference.
There are various category such as Accounting, Finance, Sales and Marketing etc. you can see the available number of jobs as per the category and apply as per your preference.
Article source: http://feedproxy.google.com/~r/RecentPostedJobs/~3/m9KKtnY8tdM/
